प्रहरीद्वारा ५१ मृतकको पुष्टिः १८ को पहिचान खुल्न बाँकी, भारतीय नागरिकसमेत मारिए

दार्चुला । जेनजी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ५१ व्यक्ति मारिएको केन्द्रीय प्रहरीले जनाएको छ । तर, मारिएका सबै जेनजी आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताउनुभयो ।

मारिएको भनी सार्वजनिक भएको विवरणमध्ये १८ जना को हुन् भन्ने पहिचान अझै खुलेको छैन । १८ बाहेक अन्य ३२ मृतक पनि सबै जेनजी आन्दोलनकारी नभएको घिमिरेले बताए । जो जेनजी आन्दोलनकारी हैनन्, ती हुलमुलमा परेर मारिएको उनको भनाइ छ । तर, उनीहरु को हुन् भन्ने पहिचान खुलाउने सिलसिला शुरु भएको उहाँले बताउनुभयो ।

आन्दोलनका क्रममा कतिपय भारतीय नागरिक पनि मारिएका छन् । बौद्धस्थित होटल हायातमा प्रदर्शनकारीले तोडफोड गर्ने क्रममा उक्त होटलमा बस्ने एक भारतीय पर्यटक महिला लडेर घाइते हुनुभएको थियो । उहाँलाई तत्कालै उपचारका निम्ति अस्पताल त लगिएको भए पनि उहाँको अस्पतालमा मृत्यु भएको प्रवक्ता घिमिरे बताउनुभयो ।

अन्य केही मृतक भारतीय नागरिक भएको सूचना प्राप्त भएको, तर पहिचान नभएको उहाँले बताउनुभयो । ‘हामी सबैको पहिचान खुलाएर व्यवस्थित विवरण सार्वजनिक गर्ने छौँ, पहिचान भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ’, उहाँले भन्नुभयो ।

त्यसबाहेक कतिपय कर्मचारी पनि मारिएका छन् । कर्मचारीमध्ये निजामति र फौजी दुबैतिरका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?