दार्चुला । दार्चुला कारागारबाट भागेका ७० जना कैदी मध्ये २० जना कारागार फर्किएका छन् । जेन-जीको आन्दोलनका क्रममा मंगलबार बेलुका दार्चुला कारागारबाट भागेका ७० जना मध्ये आज विहान १० बजे सम्म २० जनालाई नियन्त्रणमा लिइएको र ५ जना सम्पर्कमा रहेको जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर सरिता चन्दले बताउनुभयो ।
नियन्त्रणमा लिइएका २० जना मध्ये केही आफै कारागारको सम्पर्कमा आएको र केहीलाई प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । आन्दोलनको क्रममा कारागारमा रहेका ७७ जना मध्ये ७ जना कारागारमै बसेका थिए भने ७० जना कैदी फरार भएका थिए । अहिले पनि फरार कैदीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
कारागारबाट भागेका सबै कैदीबन्दीलाई यथाशीघ्र आफु नजिकको कारागार, प्रहरी, शशस्त्र प्रहरी वा नेपाली सेनाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । कारागारबाट कैदीबन्दी भागेकाले अपराधिक घटनाहरु हुन सक्ने भएकाले सबै नागरिकलाई सजक रहन आग्रह गरीएको छ ।





प्रतिक्रिया