संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित: आठ राजनीतिक दल

दार्चुला । विघटित प्रतिनिधि सभामा रहेका आठ राजनीतिक दलका प्रमुख सचेतकले संसद विघटन जेन जी आन्दोलनको मर्म र संविधान विपरित भएको भन्दै तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेका छन् ।

संयुक्त विज्ञप्ती निकालेर उनीहरुले प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको बताएका हुन् । प्रतिनिधि सभा विघटन गरिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई नागरिक र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न उनीहरुको माग छ ।

हस्तारक्षर गर्नेहरूमा नेपाली कांग्रेस, (नेकपा) एमाले, माओवादी केन्द्र, (नेकपा) एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरु रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?