एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

दार्चुला । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा समान दुई अङ्क भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ ।

भारत र पाकिस्तानबीच आन्तरीक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसीसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् । केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले र पाकिस्तानबीच सम्बन्ध थप बिग्रिएको छ ।

एशिया कपमा आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?