शीलतनिवास बाहिर तीन मन्त्रीले लिए शपथ

दार्चुला । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको हो ।

आज तीन जना मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो । आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो । आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् ।

तीन मन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल पनि सहभागी हुनुभएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथ कार्यक्रममा नगएका अध्यक्ष दाहाल मन्त्रीको शपथमा पुग्नुभएको हो । शपथ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुग्नुभएको छ । बाबुरामबाहेक अरू कुनै दलका नेताहरू शपथ कार्यक्रममा सहभागी छैनन् । बाबुराम प्रधानमन्त्रीको शपथमा पनि पुग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?