दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ । महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।
सडकमा खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको छ । उक्त पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया