मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने, सकेसम्म तोकिएकै मितिमा चुनाव गराउने

दार्चुला । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभयो। उहाँले अब बन्ने मन्त्रीहरूमा कुनै राजनीतिक पार्टीबाट नराख्ने उल्लेख गर्नुभयो।

ले उहाँले तीन जना मन्त्री बनिसकेको र थपिने मन्त्रीहरूमा समावेशिता झल्किने गरी व्यक्ति खोजि भइरहेको जानकारी दिनुभयो। बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गर्नुभएको हो । ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा बढी नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने हो ‘ उहाँले भन्नुभयो, ‘पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजि भइरहेको छ’ ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने उहाँको भनाई छ । प्रधानन्यायधीस सरकारमा आउनु गलत भएपनि अहिलेको परिस्थितिले बाध्य बनाएको उहाँको भनाई छ । सकेसम्म तोकिएकै मितिमा चुनाव हुने र केही गरि ६ महिनाभित्र गर्न सकिएन भने पनि धेरै ढिला नहुने उहाँको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?