दार्चुला । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार (आज) अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गर्नुभएको हो।
भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरे। नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनको भनाइ थियो।
त्यस्तै बिहीबार प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडिओ कुराकानीको कार्यक्रम तय भइसकेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो भने अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ।





प्रतिक्रिया