एशिया कप टी–२० क्रिकेटमा अफगानिस्तानमाथि बङ्गलादेशको जीत

एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो । बङ्गलादेशले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा एक सय ४६ रनमा अलआउट भयो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ तथा अजमातुल्लाह उमरजाईले ३० रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद, तस्किन अहमद र रिशाद हुसेनले समान दुई विकेट लिए । त्यसअघि दुबईमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले पाँच विकेट गुमाएर एक सय ५४ रन बनायो । बङ्गलादेशका तान्जिद हसनले ५२ र सैफ हसनले ३० रन बनाए ।

अफगानिस्तानका राशिद खान र नूर अहमदले समान दुई तथा अजमातुल्लाह उमरजाईले एक विकेट लिए । यो जीतसँगै बङ्गलादेशको सुपर चारमा पुग्ने सम्भावना बलियो बनेको छ भने अब अफगानिस्तानलाई अन्तिम खेलमा नेटरनरेटका आधारमा जित्नैपर्ने दबाब छ ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?