पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग सुचारु

दार्चुला । सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको महाकाली लोकमार्ग सुचारु भएको छ ।

लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडारकेदार गाउँपालिका–५ सलसेनामा मंगलबार बिहान सवा ९ बजे पहिरो खसेको थियो । उक्त पहिरो पन्छ्याएपछि मंगलबार राति ८ बजेदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

सडक सुचारु भएसँगै बीचबाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ गएका बताइएको छ । उक्त क्षेत्रमा पहिरोको जोखिम भने कायम रहेको छ ।

सलसेना क्षेत्रमा खसेको पहिरो पन्छ्याउन ११ घण्टा लागेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?