दार्चुला । राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।
संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गर्नुभएको हो । गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिनुभएको हो ।
उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भन्नुभयो, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’
जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको उहाँले जानकारी दिनुभएको छ। यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिनुभयो ।
आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको समेत उहाँले बताउनुभयो। त्यसबेला पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ रहेको समेत गभर्नर पौडेलले जानकारी दिनुभयो।
आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको गभर्नर पौडेलको भनाई छ ।





प्रतिक्रिया