नेपालसँग टी–२० क्रिकेट शृङ्खला खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

दार्चुला । नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

वेस्ट इन्डिजको टोलीमा छ जना खेलाडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका छन् । यस्तै जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडी छन् ।

१५ सदस्यीय टोलीमध्ये नौ जना यसअघि नै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरिसकेका खेलाडीहरु छन् । यस्तै अन्य खेलाडीहरु घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु रहेका छन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले टोली घोषणासँगै नयाँ युवा खेलाडीहरुलाई यो शृङ्खलामा प्राथमिकता दिनुको कारण आउँदो टी–२० विश्वकपको टोली निर्माण गर्नका लागि रहेको उल्लेख गरेको छ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा हुँदैछ ।

नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । यसअघि नै नेपालले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

यस्तो छ वेष्ट इण्डिजको टोली :

अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जाङ्गो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।

यस्तो छ नेपाली टोली–
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?