दार्चुला । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किनुभएको छ । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको १० दिनपछि ओली फर्किनुभएको हो ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आउनुभएको सैन्य अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सर्नुभएको छ । त्यहाँ उहाँका लागि भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् ।
बालकोटको घर जलेकाले ओली गुण्डु सर्नुभएको हो । ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेको बताइएको छ । ओली शुक्रबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने नेता बस्नेतले बताउनुभयो ।





प्रतिक्रिया