दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विनोद कुमार कुवँरलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौँ ३१ गतेको निर्णय अनुसार नगरपालिकामा कार्यरत बरिष्ठ कर्मचारी अधिकृत सातौँ विनोद कुमार कुवँरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार खटाइएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि वा बढीमा चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमासिक अवधिका लागि आर्थिक प्रशासनीक कार्य गर्ने जिम्मेवारी कुवँरलाई दिइएको मन्त्रालयका शाखा अधिकृत पिताम्बर सारुले बताउनुभयो ।





प्रतिक्रिया