बस र मोटरसाइकल ठोक्किँदा डडेल्धुराका दर्शन भाटको मृत्यु

दार्चुला । कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुराको एक जनाको मृत्यु भएको छ। कैलालीको घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प. २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–४, भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो ।

दुर्घटनामा भाट गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। उहाँलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढा ऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?