दार्चुला । नवनियुक्त चार जना मन्त्रीहरूले सपथ लिनुभएको छ। आज नवनियुक्त मन्त्री जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिनुभएको हो।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरु सहभागी छन्। मन्त्रीहरुको शपथमा राजनीतिक दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित छन्। यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा नपुगेका सभामुख देवराज घिमिरे आज शीतल निवासमा आयोजित ४ मन्त्रीको शपथ समारोहमा पुग्नुभएको हो।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिनुभएको छ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मुद्दाको विषयमा विवाद भएपछि मिश्राको नाम भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री कार्कीसहित उहाँको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।





प्रतिक्रिया