असई राय र प्रहरी जवान थापाको हत्या गर्ने दुई जना आरोपी पक्राउ, अरुको खोजी जारी

दार्चुला । महाराजगन्जमा कार्यरत असई मिलन राय र दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ गुमखोली घर भएका प्रहरी जवान उत्तम थापाको हत्या गर्ने दुई जना आरोपी पक्राउ परेका छन् ।

जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान थापाको हत्या गरेको आरोपमा दुई जना आरोपी पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेका युवराज क्यापछाकी र सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो । घाइते प्रहरी छटपटाइरहेको अवस्थामा हत्याराले अनुहारमा लठ्ठी/मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ ।

उनीहरू दुवैजना विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई जना प्रहरी असई मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न अन्यको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ । अनिहरुको अनुसन्धान गर्न अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।

नेपाल प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?