भ्रष्टाचारबारे छानबिन हुन्छ, संविधान संशोधन अहिलेको सरकारले गर्दैन: प्रधानमन्त्री कार्की

दार्चुला । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रका नाममा आज सम्बाेधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको बताउनुभयो । युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली नागरिकलाई आउँदाे चुनावमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।

नेपाल सरकारले उद्योग व्यापार तथा व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न राहत, कर, सहुलियत सुविधाहरू प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभयाे ।

उहाँले युवा पुस्ताको सोच र भावना बमोजिम कर्मचारीले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयाे, ‘आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयाे । घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेकाे सङ्ख्या ७५ जना पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?