दार्चुला । दार्चुलामा बस र जिप एक आपसमा ठोक्किएका छन् ।
महाकाली राजमार्गको गोकुलेश्वर-खंलगा सडक अन्तरगत दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज नजिक दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको सु.प प्र. ०२००१ ख १५२३ नम्बरको बस र मालिकार्जुनबाट सदरमुकाम खलंगा जाँदै गरेको म १ ज २३९ नम्बरको जीप एक आपसमा ठोक्किएका छन् ।
दुर्घटनामा कुनै मानविय क्षती नभएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।





प्रतिक्रिया