दार्चुला । बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ ।
बसको ठक्करबाट दशरथचन्द नगरपालिका वडा नम्बर १ दउनेबाँज बस्ने जन्दाजी ३०–३२ बर्षीया भागरथी लुहार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ
दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा न १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको थियो।
देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी लुहारलाइ सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो ।
बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।





प्रतिक्रिया