बैतडीको पुर्चौडी नगर प्रमुख बमलाई पुत्र शोक, कान्छा छोरा प्रान्जल बमको दुर्घटनामापरि मृत्यु

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमलाई पुत्र सोक परेको छ । नगरप्रमुख बमका कान्छा छोरा प्रान्जल बमको स्कुटर दुर्घटनामापरि मृत्यु भएको छ ।

गयराती धनगढी उपमहानगरपालिका–१३ धनगढी र गोदावरीको सिमाना स्थित बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने २४ वर्षीय प्रान्जल बमले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई पल्टिदा बमको मृत्यु भएको हो ।

घाइते भएका बमलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटी पछाडि सवार २६ वर्षका सरोज बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?