दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महत हाजिर हुनुभएको छ ।
नेपाल प्रहरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट सरुवा भएका महत आज कार्यालयमा हाजिर हुनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो । डिएसपी महतलाई जिल्लामा स्वागत तथा परिचयातमक कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
दार्चुलामा शान्ती सुरक्षा,एंव अपराधिक क्रियाकलापहरु नियन्त्रण खटिएर काम गर्ने डिएसपी महतले प्रतिवद्धता जनाउनुभएको छ । यसअघि दार्चुला प्रहरी प्रमुख (डिएसपीको) जिम्मेवारी सम्हालेका प्रकाश दाहालको सरुवा भएको थियो ।





प्रतिक्रिया