दार्चुलामा साकार T10 कप २०८२ सुरुः २७ टिमको सहभागिता, प्रथम पुरस्कार ७५,५५५

दार्चुला । जनचेतनाशील युवा क्लबको आयोजनामा महाकाली नगरपालिका–९, सकारमा प्रथम साकार टि १० कप खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्लबका अध्यक्ष काजी धनेशको अध्यक्षतामा शनिबार ९आज० उद्घाटन भएको खेलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य जगतसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री बिष्ट र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी देवराज जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । प्रतियोगितामा २७ वटा टिम सहभागी रहेका छन् । यहि असोज २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार ५५५ रुपैयाँ र उपविजेता तथा द्धितीय हुने टिमले ३५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

टुर्नामेन्ट उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ, उत्कृष्ट ब्याटसम्यानले २५ सय रुपैयाँ र उत्कृष्ट बलरले २५ सय रुपैयाँ पाउनेछन् । प्रतियोगिता नकआउट ढाँचामा हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताले जिल्लामा खेलकुद प्रवद्र्धन र युवालाई खेलतर्फ आकर्षित गर्न सहयोग गर्ने राखेप सदस्य जगत धामीले बताउनुभयो । उद्घाटन समारोहका अतिथिहरुले खेल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?