सुनचाँदीको भाउमा फेरि नयाँ कीर्तिमान : सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

दार्चुला । सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।

हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

आज चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेर दुई हजार नौ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ३० रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?