दार्चुला। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन सम्पन्न भएको छ।
मंगलबार वडा नम्बर ४ खरकडामा सम्पन्न अधिवेशनबाट पशुपति गिरी सभापति रहने गरी ११ सदस्यीय वडा समिति चयन गरिएको छ। यस्तै वडा नम्बर ३ लालीमा बुधबार (आज) मनोज कुमार पन्त सभापति रहने गरी वडा समिति गठन गरिएको छ। रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
बिहीबार (भोलि) वडा नम्बर २ को गराडीमा वडा अधिवेशन आयोजना गर्ने तयारी रहेको पालिका सभापति नाथले बताउनुभयो। यसअघि लेकमको वडा नम्बर ६ मा अधिवेशन गरेको रास्वपाले सबै वडामा अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो।





प्रतिक्रिया