यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले जनाएको छ ।

उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउनुहुनेछ । क्राज्नाहोर्काइको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो शहर ग्युलामा भएको थियो । उहाँका कैयौं कृति हङ्गेरियन भाषामा प्रकाशित छन् । उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन् । क्राज्नाहोर्काइले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ ।

उहाँले सन् २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसहित धेरै पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ । यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्रतर्फ, चिकित्साशास्त्रतर्फ र भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताहरूको नाम घोषणा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?