बैतडीको सुर्नया गाउँपालिकामा स्थानीयद्धारा तालाबन्दी

दार्चुला । बैतडीको सुर्नया गाउपालिकाको कार्यलयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकासंग पटक पटक सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै युवाहरुले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन । शुक्रबार गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम रहेकोमा युवाहरुको बिरोधकै कारण सार्वजनिक सुनुवाई कार्यक्रम पनि प्रभावित भएको छ ।

गत जेठमै गाउँपालिकामा भएगरेका गतिविधिका बारेमा सूचना माग गरेको भए पनि गाउँपालिका कार्यालयले सूचना उपलब्ध नगराएको स्थानीय भुवन चन्दले बताउनुभयो ।
कार्यपालिकाका निर्णयहरु, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घरभाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाखबढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएपछि सार्वजनिक सुनुवाइ कार्यक्रम पनि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?