दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का हिक्मत धामी बहुप्रतिभाको धनी हुनुहुन्छ ।
मालिकार्जुन माबि मडमा अद्ययनरत धामीले नेता, जनावर र चराचुरङ्गीको क्यारिकेचर गर्नुका साथै गायन क्षेत्रमा विशेष रुचि राख्नुहुन्छ ।
नाकले सारङ्गी समेत बजाउन सक्ने धामीको बारेमा थप जानकारी प्राप्त गर्नुका साथै उहाँको प्रतिभा हेर्नका लागि रेडियो लोकदर्पणको पार्टनर मिडिया लोकदर्पण टीभीका प्रस्तोता हरि प्रसाद जोशीले बहुप्रतिभावान प्रतिभा हिक्मत धामीसंग गरेको कुराकानी प्रस्तुत छ ।




