दार्चुला । जनकपुर बोल्ट्सले वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
सामाजिक सन्जालमार्फत जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट क्रिकेट खेल्नुभएको थियो। उहाँले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी(२०आई खेल खेल्नुभएको छ ।
उहाँसँग आईपिएल, सिपिएल जस्ता विश्वका उत्कृष्ट लिग खेलेको अनुभव पनि छ । शिवनारायणले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू(१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए ।
पहिलो संस्करणको च्याम्पियन टोली जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए ।





प्रतिक्रिया