दार्चुला । कञ्चनपुरबाट झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेर नष्ट गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका स्थित वडा –३ का एक स्थानीयको घरमा प्रहरीले छापामार्दा झन्डै २९ लाख रुपियाँ बराबरको पटाका बरामद गरेको थियो ।

विषेश सूचनाका आधारमा स्थानीय खडक पालकोे घरमा छापा मार्दा २८ लाख ९८ हजार ६५० मूल्यको ९विस्फोटक पदार्थ० पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० खडकबहादुर खत्रीले विशेष सूचनाका आधारमा साँझ पालको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा सो परिमाणमा पटाका बरामद गरिएको बताउनुभयो ।

आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठुलो परिमाणमा पटाका बरामद गरिएको जनाएको हो । बरामद गरिएका पटाका खाडलमा नष्ट गरिएको छ । पाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

तिहारको समयमा विस्फोटक पदार्थ ल्याइने गरेकाले यस्तो गतिविधि नियन्त्रण गर्न जिल्लाभरीका सबै प्रहरी युनिटलाई निर्देशन दिएको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?