नेपाल एशियन कपबाट बाहिरियो, भियतनामसँग १ गोलले पराजित

दार्चुला । आउँदो वर्ष साउदी अरबमा आयोजना हुने एएफसी एशियन कपमा छनोट हुन नेपाल असफल भएको छ । भियतनाको थोङ न्हाट खेल मैदानमा गएराति भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

नेपालका सुमन श्रेष्ठले पहिलो हाफको पाँचौ मिनेटमा गरेको आत्मघाती गोल नै भियतनामका लागि निर्णायक बन्यो । नेपाल भियतनामसँग पराजित भएसँगै दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।

यसअघि भियतनामसँग नेपाल ३–१ ले पराजित भएको थियो । त्यस्तै मलेसियासँग २–० ले र लाओससँग २–१ ले पराजित भएको थियो । नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?