पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ क्रिकेटरसहित ५ जनाको मृत्यु

किस्तानले अफगानिस्तानको पक्तिका प्रान्तमा गरेको आक्रमणमा तीनजना अफगानी खेलाडीसहित पाँच जनाको ज्यान गएको छ।
यस घटनापछि अफगानिस्तान क्रिकेट बोर्ड ९एसीबी० ले पाकिस्तानसँग आगामी नोभेम्बरमा खेलिन तय भएको त्रिकोणात्मक टी–२० सिरिज बहिष्कार गर्ने निर्णय गरेको छ।

एसीबीले मृतक तीन खेलाडी कबीर, सिबगतुल्लाह र हारुको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा यी खेलाडीलाई निशाना बनाइयो ।’

बोर्डका अनुसार उक्त आक्रमणमा खेलाडीसहित अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको हो ।

घटनाप्रति गहिरो दुःख प्रकट गर्दै एसीबीले भनेको छ, ‘हाम्रा खेलाडीहरूको सम्मान र यस अमानवीय आक्रमणको विरोधस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग खेलिन तय त्रिकोणात्मक टी–२० सिरिजमा सहभागी नहुने निर्णय गरेको छ ।’

पाकिस्तान क्रिकेट बोर्डले भने यस विषयमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

उक्त टी–२० सिरिज पाकिस्तान, अफगानिस्तान र श्रीलङ्काबीच नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा आयोजना हुने तय गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?