गाइघाट दुर्घटना: ट्रक र बससहित ७ गाडी ठोक्किँदा २१ जना घाइते

नारायणगढ- मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं.को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठक्कर खाएको थियो ।

त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, टेलरको पछाडी बा.प्र। ०६-००१ ग ०४८४ नं. को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं. को बस, ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं. को बलेरो र पछाडीBAB ८४७० नं. को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ ।

घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पताल ल्याइएको डिएसपी खनालले बताए ।घटनाको अझ थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता खनालले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?