शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टिम घोषणा

दार्चुला । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङ सिक्सेसका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ।

क्यानले आइतबार शरद भेषावकरको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो।

क्रिकेट हङकङ चाइनाको आयोजनामा हङकङमा हुने प्रतियोगिताका लागि टिम घोषणा भएको हो । क्यानका अनुसार यो प्रतियोगिताको नेतृत्व गरेसँगै भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्नुहुने भएको छ ।

हङकङ सिक्सेस खेल्ने नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, बसिर अहमेद, आदिल आलम, रशिद खान र रुपेश सिंह समेटिनुभएको छ।

हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुँदैछ। प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।

यस प्रतियोगिताको हरेक खेल समान छ/छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?