दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तिहार तथा लेकम क्षेत्रमा लाग्ने जात्राहरुको व्यवस्थापनको लागि जिल्लामा कार्यरत पत्रकारहरु संग सुझाव संकलन, छलफल तथा अन्तरक्रिया गरेको छ । सोमबार (आज) जिल्ला प्रशासन कार्यालयमा जिल्लामा कार्यरत पत्रकाहरु संग तिहार तथा तिहारकै दिन देखि झन्डै १ महिना सम्म लेकम क्षेत्रका विभिन्न मन्दीर तथा शक्तिपिठहरुमा लाग्ने जात्रा व्यवस्थापनको लागि आवश्यक सुझाव संकलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लाका भिविन्न मन्दीर तथा शक्तिपिठहरुमा लाग्ने रात्रीकालीन जात्रालाई व्यवस्थित मर्यादित र सुरक्षित रुपमा सम्पन्न गर्न सुझाव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको शान्ती सुरक्षा कार्यालयको सेवाप्रवाह, लगायत रात्रीजात्राको सुरक्षा व्यवस्थापनका सम्बन्धमा जिल्ला स्थित पत्रकारहरुबाट सुझाव संकलन गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो। प्राप्त सुझावहरुलाई ग्रहणगर्दै सुरक्षा योजना अन्तरर्गत कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।
यस्तै रात्रीकालीन जात्रालाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सम्बन्धीत पालिकाका जनप्रतिनिधि, सम्बन्धित मन्दिरका मन्दिर व्यवस्थापन समितिका व्यक्तिहरु संग दोस्रो चरणमा छलफल संगै सुझाव संकलन गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया