प्रधानमन्त्रीले निर्वाचनबारे ७ दलसँग छलफल गर्दै

दार्चुला । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् ।

छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो । सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।

पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको समेत उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?