दार्चुला मेलखेतको एक होटलमा ग्याँस सिलिण्डरमा आगलागि हुदा एक जना घाइते

दार्चुला । दार्चुलाको एक होटलमा ग्याँस सिलिण्डरमा आगलागि हुदा एक जना घाइते हुनुभएको छ । शुक्रबार बेलुकी ०६ः१५ बजेको समयमा दार्चुलाको मालिकार्जुन गाउँपालिका ०८ मेलखेत बस्ने ६२ वर्षीय गणेश सिह सामन्तले मेलखेतमै संचालन गरेको तहल्का होटल एण्ड लजमा ग्यास सिलिण्डरको रेगुलेटर मिलाउने क्रममा एक्कासि आगलागि हुदा दुबै हात दुबै खुट्टा र अनुहारमा जलेको अबस्थामा उद्धार गरिएको छ ।

घाइते सामन्तको अवस्था मध्यम रहेको र उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते सामन्तको साथमा निजको भतिजा राजेन्द्र सामन्त रहनुभएको छ । पशसलमा अन्य क्षति केहि नभएको बताइएको छ । घटनास्थलमा प्रहरी चौकी दत्तुबाट प्रनानि लाल बहादुर साउदको कमाण्डमा तीन जनाको टोलि खटिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?