रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

दार्चुला । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको बताउनुभयो । मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ ।

उहाँका अनुसार जिपमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । घटनास्थल खलंगाबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?