सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो: तोलाको २ लाख ४१ हजार ९००

दार्चुला । तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गएको सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो । गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीको भाउ तोलामा दुई सय ६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ । गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?