दार्चुला । दार्चुलामा जिप ब्याक गर्ने क्रममा गम्भीर घाइते भएका एक पुरुषको ज्यान गएको छ । आइतबार (आज) दिउँसो १२ः१५ बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगरमा जिप ब्याक गर्दा घाइते भएका स्थानीय ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो ।
दार्चुलाकै व्याँस गाउँपालिका वडा नम्बर ३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सु.प.प्र ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिपले बंगाबगरकै बृद्ध मिलन लुहारलाई किचेपछि घाईते भई उपचारको लागी जिल्ला अस्पताल दार्चुला पठाइएको थियो । घाइतेको दाहिने खुट्टा, बाया हात र छातिमा चोट लागेको प्रनानि दान सिह धामीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट २ किलोमिटर उत्तरमा पर्ने उक्त स्थानमा दुर्घटना भएपछि जिप र जिप चालक प्रहरीको नियन्त्रणमा लिइएको थियो ।
घाईते मिलन लुहार लाई थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाएकोमा गोकुलेश्वर पुग्दा मृत्यु भएपछि उहाँका आफन्तले फिर्ता ल्याएका थिए । अस्पतालमा ल्याई चेक जाच गराउदा राती ९ः१७ बजेको समयमा डाक्टरले मृत घोसणा गरेको र शव लाई सोहि अस्पतालको लास घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया