बैतडीको दोगडाकेदारमा कार्तिक १७ देखि रामलीला हुने

दार्चुला । संस्कृति संरक्षणका लागि बैतडीको दोगडाकेदारमा यही कार्तिक १७ गतेदेखि सञ्चालन हुने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। दोगडाकेदार सांस्कृतिक समाजद्वारा आयोजना गरिने उक्त रामलीला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ।

सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारी अन्तिम चरण पुगेको जनाउँदै कामलाई तीव्रता दिइएको बताउनुभयो। उहाँका अनुसार महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको छ।
धर्म संस्कृतिको जगेर्ना गर्न, युवापिँढीलाई अनुशासनको ज्ञान दिन तथा भगवान् रामको जीवनीलाई नयाँपिँढीमा बाँड्न रामलीला आयोजना गरिएको उहाँले बताउनुभयो । ।

कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो । रामलीलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिनुभयो ।

उक्त महायज्ञबाट संस्कृति संस्कारको ग्रहणका साथै असामाजिकता गतिविधि अन्त्य गर्दै रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो।

सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन कपाडीले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?