दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्वावमा अवस्थित श्री शैल्य मालिकार्जुन धामको ऐतिहासिक ‘पानी न्वालो’ को सरसफाई गरिएको छ । शिखर पुजनको लागि पानी प्रयोग हुने मालिकार्जुनको न्वालो क्षेत्रमा मंगलबार सरसफाई गरिएको हो । मालिकार्जुन प्रहरी चौकी र वडा नम्बर ३ को समन्वयमा स्थानीय युवाहरुको सहभागितामा ऐतिहासिक मालिकार्जुनको न्वालो, आसपासको क्षेत्र र मालिकार्जुन मन्दिर देखि न्वालो सम्मको बाटोमा सरसफाई गरिएको छ ।

आगामी सोमबार हुने शिखर पुजन जात्रा र मालिकार्जुनको रात्री जात्रालाई लक्षित गरि सरसफाई गरिएको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक राम सिंह ठगुन्नाले बताउनुभयो । संरक्षणको अभावमा ऐतिहासिक मालिकार्जुनको न्वालो जिर्ण बनेको छ । न्वालोको माथिबाट सडक निर्माण गरिदा हरेक बर्ष बर्षातको समयमा माथिबाट पहिरो खस्ने गरेको छ । बर्षातको समयमा खसेको पहिरोले पानीको मुहान र न्वालोको केही भाग पुरिएकोले सरसफाई गरिएको स्थानीय तथा मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी सिद्धु सिंह धामीले बताउनुभयो ।

शिखर धामको पुजनमा सोही न्वालोबाट पानी प्रयोग हुने गरेको छ । पछिल्लो समय भने उचित संरक्षण हुन नसक्दा ऐतिहासिक महत्व बोकेको मालिकार्जुनको न्वालोको अस्तित्व नै संकटमा परेको छ । सरसफाइ कार्यक्रममा मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज राम सिंह ठगुन्नासहित अन्य प्रहरी कर्मचारीहरु, वडा कार्यालयका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको धामीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?