१२ औँ पटक मन्त्रिपरिषद हेरफेर : दार्चुलाले यसपटक पनि पाएन मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १२ औँ पटक मन्त्रिपरिषद हेरफेर गरेसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्री बन्ने चर्चामा रहेका केहि नेताले मन्त्रीको जिम्मेवारी पाएपनि दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले भने यसपटक पनि जिम्मेवारी पाउनुभएको छैन् ।

संविधानसभा हुदै प्रतिनिधिसभासम्म प्रतिनिधित्व गर्नुभएका दार्चुलाबाट निर्वाचित सासंद ठगुन्नाको यसपटक मन्त्री बन्ने सम्भावना प्रवल रहेको भन्दै राजनीतिक बृत्तमा चर्चा परिचर्चा भइरहेको थियो । नेपाली काग्रेशको प्रवक्ताको समेत जिम्मेवारी सम्हालिसक्नुभएका र पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका काग्रेश केन्द्रिय सदस्य एबं सामानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बन्नुभएका सासंद दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेर केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्नुभएका सासंद ठगुन्नालाई मन्त्री बनाउने विषयमा पार्टी भित्र विवाद पनि देखिएको थिएन ।

कतिपय नेता निर्वाचन हारेर पनि विभिन्न प्रकृयाबाट मन्त्री बनिरहेको परिप्रेक्ष्यमा दुई पटक जनताको प्रतक्ष्य मतबाट निर्वाचित सासंदले मन्त्री वा अरु कार्यकारी पदमा जिम्मेवारी नपाउनु राजनीतिक अन्याय हुने भन्दै सासंद ठगुन्नालाई मन्त्री बनाउनुपर्ने नेता, कार्यकर्ताहरुको धारणा थियो ।

साविकको जिल्ला विकास समिति सभापति हुदा देखि विकासप्रेमी नेताको छबी बनाउनुभएका ठगुन्नालाई परीक्षणको मौका समेत नपाइएको भन्दै यसपटक मन्त्री बनाउनुपर्ने पक्षमा आफुहरुले आवाज उठाएपनि हालसम्म सुनुवाई नभएको युवा नेता नरेश गिरीले बताउनुभयो ।

भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने लगायत विषयमा समेत राष्ट्रियताको पक्षमा आवाज उठाउदै आउनुभएका नेता ठगुन्नालाई मन्त्री नबनाउनु दार्चुलाबासी जनताप्रतिकै अन्याय भएको गिरीले बताउनुभयो ।

अझैपनि तत्काल केहि मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ । मन्त्री थप्दा वा हेरफेर गर्दा दार्चुलालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आफुहरुको अनुरोध रहेको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता राजेशसिह बिष्टको भनाई छ । हामीहरुको आवाज सत्ता सञ्चालकहरुले अहिलेसम्म नसुनेको उहाँको गुनासो छ ।

बुधबार गरिएको मन्त्री हेरफेरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । रिक्त रहेको रक्षा मन्त्रालय भने प्रधानमन्त्रीले आफैसंग राख्नुभएको छ ।

यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नुभएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले आजै अर्थ मन्त्रीमा विष्णु पौडेल (रुपन्देही), सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ (काठमाडौं) र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठ (सिराह)लाई नियुक्त गर्नुभएको छ ।

दार्चुलाबाट निर्वाचित सासंद गणेशसिह ठगुन्नालाई प्रधानमन्त्री ओलीले यसपटक पनि स्थान नदिएको भन्दै नेता कार्यकर्ता निरास बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?