दार्चुलाको लेकम गाउँपालिकामा बिहीबार सार्वजनिक बिदा, विहानदेखी रातभर जयपुर जात्रा

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले कात्तिक १३ गते बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित प्रसिद्ध लटिनाथ मन्दिर जयपुरमा लाग्ने रात्री जात्राकोे अवसरमा विहिबार सार्वजनिक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक राज जोशीले बताउनुभयो ।

बिहीबारका दिन गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैर सरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको प्रमुख प्रशासकीय अधिकृत जोशीले भताउनुभयो । जयपुर मन्दिरमा विहिबार विहानै देखि पुजन जात्रा र राती भव्य जात्रा लग्ने गर्दछ। यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल नवमीका दिन जात्रा लाग्ने गर्दछ ।

जात्रालाई व्यवस्थित रुपमा सम्पन्न गर्न मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षित र मर्यादित ढंगले कानून र आचारसंहिता पालना गरेर जात्रा मनाउन स्थानीय प्रशासनले अनुरोध गरको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?