लिग-२ एकदिवसीय सिरिजमा युएईसँग भिड्दै नेपाल

दार्चुला । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को जारी सिरिजको अघिल्लो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो।

आइतबार भएको खेलमा नेपालले कमजोर ब्याटिङ गर्दा १०६ रनको पराजय भोग्नुपरेको थियो। युएईसँग पछिल्लो पाँच एक दिवसीय खेलमा नेपाल विजयी भएको छ।

यसअघि आइसिसी टी-२० विश्वकप छनोटका खेलमा पनि नेपालले युएईलाई पराजित गरेको थियो।

फरक फर्म्याटको खेल भए पनि नेपालले आज युएईविरूद्ध आत्मविश्वासका साथ खेल्नेछ।

१ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ। एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?