बैतडीको मेलौलीका रावत शिवनाथमा मृत फेला, भीरबाट लडेका थिए

दार्चुला । बैतडीको मेलौली नगरपालिका घर भएका एकजना मृत फेला परेका छन् ।

मेलौली नगरपालिका–७ पचकोराका ५५ बर्षीय भीमसिंह रावत शिवनाथ गाउँपालिका–६ ओल्या भन्ने स्थानमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

बुधबार शिवनाथको जात्रा हेर्न गएका रावत घर नफर्केपछि उनी श्रीमतीले खोजीका लागि आज बिहान प्रहरीमा निवेदन दिएकी थिइन् । रावतको खोजी गर्दै जाँदा बाटोबाट करीब ५ सय मिटर तल खसेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले बताए ।

दिउँसो पौने २ बजेतिर रावत मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?