दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले २ दिन स्थानीय सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम श्री शैल्यामालिकार्जुन धाममा लाग्ने जात्राको अवसरमा गाउँपालिका भित्र २ दिन सार्वजनिक विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले बताउनुभयो ।
राष्ट्रिय धाम श्री शैल्यमालिकार्जुन धाममा कार्तिक १७ गते त्रयोदशी तिथिका दिन शिखर पुजन जात्रा र १८ गते चतुर्दशीका दिन मालिकार्जुन मन्दिर मडमा रात्री जात्रा लाग्दै छ । सोही जात्राको अवसरमा गाउँपालिका मातहतका सम्पुर्ण कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु पुर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।
मालिकार्जुन मन्दिरमा लाग्ने जात्रा सहभागिताको हिसाव यस क्षेत्रकै उत्कृष्ट हो । शिखर पुजन जात्रा र मालिकार्जुन जात्रामा हजारांैको संख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासन सुरक्षा चेकजाँच बढाएको छ, भने मन्दिर व्यवस्थापन समितिले पनि विभिन्न व्यवस्थापकिय काम गरिरहेको मालिकार्जुन विकास समितिका सचिव जनक सिंह धामीले बताउनुभयो ।
साथै गाउँपालिकाले शिखर पुजन जात्रा र मालिकार्जुन मन्दिरमा लाग्ने रात्रीकालिन जात्रालाई सभ्य, भव्य र सम्झनयोग्य बनाउनका लागि सबैमा आग्रह गरेको छ ।





प्रतिक्रिया