विश्वकप लिग-२ : शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग खेल्दै

दार्चुला । यूएईमा जारी आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा हुने आजको खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ ।

पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाललाई अबका दुई खेल जित्नुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?