दार्चुलाको लेकममा बाघले चराउन लगिएका ४ बाख्रा मार्यो, स्थानीय त्रसित

दार्चुला । दार्चुलामा बाघले चराउन लगिएका ४ बाख्रा मारेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मौखोली, अम्कुर पाडीका स्थानीय गौरीदत्त जोशीका ४ बाख्रा बाघले मारेको हो ।

आइतबार बेलुकी ५ बजेको समयमा घर नजिकैको जंङ्गलमा चराउन लगाइएका बाख्रा बाघले मारेको पिडित जोशीले बताउनुभयो । यस क्षेत्रमा पछिल्लो समय बाघले घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?