नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुल बुधबार आधा घण्टा खोलीएको छ ।

अपरान्ह ४ बजेतिर खुलेको सीमा पुलमा ६४ जना नेपालबाट भारत गएका छन् भने ६२ जना भारतबाट नेपाल आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।

नेपाल भित्रिनेमा अधिकासं दार्चुलाका नागरिक छन् । भने भारत गएका मध्ये केहि भारतीय र केहि नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।

सिमित समयका लागि पुल खुलेपछि भारतीय बजार धार्चुलाका व्यापारीहरुले सधैका लागि पुल खुला गर्नुपर्ने भन्दै प्रदर्शन समेत गरेका छन् ।

नेपाली ग्राहकहरुमा निर्भर भारतीय बजार धार्चुलाको व्यापार नेपाल भारत सीमा पुल बन्द भएपछि सुनसान बनेको छ ।

कोरोना संक्रमण फैलिदै गएपछि गत चैत्र ११ गते देखि नेपाल भारत जोड्ने सीमा नाकाहरु बन्द गरिएका छन् ।

सीमा बन्द हुदा व्यापार नचलेर सीमावर्ती भारतीय बजारका व्यापारी समस्यामा परेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?